खानेपानी कार्यलयका निमित्त प्रमुख घुससहित पक्राउ

दैलेख १७, असार । खानेपानी, सिँचाइ तथा ऊर्जा कार्यालय दैलेखका निमित्त प्रमुखसहित चारजनालाई घुस लिएको आरोपमा अख्तियारको टोलीले पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतले कार्यालयका निमित्त प्रमुख टोपेन्द्र मल्ल, सब(इन्जिनियर वीरेन्द्र चन्द, सब-इन्जिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई दुई लाख ४१ हजार १६ रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

उनीहरुले भगवतीमाई गाउँपालिका–३ सानटडा खेला तटबन्ध निर्माणको भुक्तानी सहजीकरण गरिदिने भन्दै घुस लिएको अख्तियारको दाबी छ .

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार
प्रतिक्रिया