छोरालाई खुकुरी हान्ने बाबु तुलसीपुरमा पक्राउ

तुलसीपुर, १७ असार/ छोरालाई खुकुरी हान्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–५ नौबस्ता निबासी ४६ खुशीराम चौधरी रहेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । खुकुरी प्रहारबाट घाईते २७ बर्षका श्रीप्रसाद चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

 

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार
प्रतिक्रिया