सर्पको टोकाईबाट दाङमा ३ जना बिरामी, एकको अवस्था गम्भिर

तुलसीपुर, १७ असार

सर्पको टोकाईबाट बिरामी परेका ३ जना मध्य गम्भिर भएका एकजनालाई नेपालगंज रिफर गरिएको छ । सर्पको टोकाईबाट गम्भिर बिरामी भएका बबई गाउँपालिका–४ हापुरेको आलेटोल निबासी ३७ बर्षका बिरबहादुर सोतीमगरलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको हो ।

उनलाई आज बिहान साढे सात बजे धारामा पानी भर्नजाँदा सर्पले टोकेको थियो । त्यसैगरी सर्पको टोकाईबाट बिरामी परेकी शान्तिनगर गाउँपालिका–६ गिधनिया निवासी ४२ बर्षकी टीका वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए । उनलाई सुतीरहेको समयमा आज बिहान ७ बजे सर्पले टोेको थियो ।

त्यसैगरी बुधबार विहान ११ बजे सर्पको टोकाईबाट तुलसीपुर –२ भमके एकता टोल निबासी २६ बर्षका हेमन्त राना बिरामी परेका छन् । उनको पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । रानालाई खेतमा काम गर्ने क्रममा सर्पले टोकेको थियो ।

 

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार
प्रतिक्रिया