आईसोलेसन हाउसफुल,तुलसीपुरका वडा अध्यक्षसहित ६ जनालाई राख्ने ठाउँ छैन,वडा अध्यक्ष घरमै,अन्य क्वारेन्टाईनमा

तुलसीपुर, १७ असार ।

तुलसीपुर ७ का वडा अध्यक्ष सहित ६ जना कोरोना संक्रमितलाई आईसोलेसनमा राख्ने ठाउँ नहुदा समस्या भएको छ ।उनीहरु अहिले जहाँको त्यहि बसीरहेका छन् । मंगलवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना परिक्षण गर्दा वडा अध्यक्ष सहित ६ जनाको रिपोट पोजेटिभ आएको हो ।
कोरोना विशेष अस्पताल बेलझुण्डीमा आईसोलेसन खाली नभएकाले उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या भएको कोभिड १९ तुलसीपुरका फोकल पर्सन विमल केसीले बताएका छन् । उनका अनुसार वडा अध्यक्ष घरमै बसेका छन् भने सोहि वडाका अन्य तिन जना, वडा नम्वर ६ का एक जना र वडा नम्वर १८ का एक जना गरी पाँच जनालाई मावि कालोखोला क्वारेन्टाईनमा राखीएको छ । तत्काल अर्को व्यवस्था नहुदा सम्म उनीहरुलाई त्यहि राखीने र आईसोलेसनको व्यवस्थापन भएमा स्थानान्तरण गरिने बताईएको छ ।

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार
प्रतिक्रिया