सलह किरा धपाउन रित्तो थाल ठटाउदै किसान

दाङ, १७ असार ।

दाङको विभिन्न स्थानमा सलह किरा देखा परेको छ । केहि समय अघि नेपाल प्रवेश गरेको सलह किरा जिल्लाको तुलसीपुर, घोराही, लमही, बंगलाचुली लगाएतका विभिनन क्षेत्रमा देखा परेको किसानहरुले बताएका छन् । घोराही १५ भरतपुर, लमही नगरपालिका वडा नम्बर ८ गणेशपुर गाउँमा ठुलो मात्रामा सलह किरा देखा परेको हो । लमही र देउखुरी क्षेत्रमा भने बालाीनालीमा समेत क्षेति पुगेको त्यहाका किसानले बताएका छन् ।

सलह किराले किसानले लगाएको बालिनालिमा क्षति गर्न थालेपछि किरा धपाउन रित्तो थाल बजाउन थालेका छन् । ठुलो आवाजमा थाल, मादल, भाँडाकुडा बजाएपछि सलह किरा भाग्छ भन्ने मान्यताका साथ किसानहरुले थाली बजाउन थालेको बताएका छन् । सलह किराले आतङक मच्चाउन थालेपछि किसानहरुले बाली जोगाउन अनेकौ उपाय अपनाउन थालेका छन् । यस अघि तुलसीपुर ४ खाद्रेमा पनि उक्त किरा देखा परेको थियो ।

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार
प्रतिक्रिया