कोरोना भाइरस: मानिसमा ‘कोभ्याक्सीन’ खोप परीक्षण गर्ने तयारीमा भारत

बीबीसी, १६ असार

भारतमा कोरोनाभाइरसविरुद्ध बनाइएको एउटा खोपको जुलाई महिनामा मानवमा परीक्षण हुने भएको छ। उक्त परीक्षणमा स्वयंसेवीहरू सहभागी हुनेछन्।

हैदराबादस्थित भारत बायोटेकले निर्माण गरेको खोपको परीक्षणमा कति मानिस सहभागी हुन्छन् भन्ने स्पष्ट पारिएको छैन। पशुहरूमा गरिएको परीक्षणमा उक्त खोप सुरक्षित भएको र त्यसले शरीरको प्रतिरोध प्रणालीलाई सबल बनाउने देखिएको छ।

अहिले विश्वका विभिन्न स्थानमा खोप बनाउने करिब १२० वटा परियोजना सञ्चालन भइरहेका छन्। छवटा भारतीय फर्महरू पनि खोप निर्माण र परीक्षणको काममा सहभागी छन्।

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया