अछामका २६ बर्षिय युवक शान्तीनगरमा मृत फेला

तुलसीपुर, १६ असार ।

शान्तीनगरमा एक युवक पानीमा डुवेको अवस्थामा मृत फेला परेका छन् । अछाम रामारोसन गाउँपालिका ३ घर भएका २६ बर्षिय सुरज शाह शान्तिनगर गाउँपालिका ६ डाँडातिलवारी स्थित पानीमा डुवेको अवस्थामा मृत फेला परेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । मृतक शाह सोहि ठाउँका बिश्वराज आचार्यको गएको असार १४ गते उनी आएको प्रहरीले जनाएको छ ।

साथीको घरमा आएका शाह असार १५ गते सोमवार साँझ संगै घरमा सुतेको र विहान कोठामा हेर्दा नभएपछि उनको खोजी कार्य भएको प्रहरीले बताएको छ । उनको खोजी गर्ने क्रममा घर देखी १५ मिटर दुरीमा पर्ने गहिरो पानीको कुवा भित्र मृत अबस्थामा फेला परेको प्रहरीको भनाई छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाईएको छ ।

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया