तुलसीपुर ७ का वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि, वडा कार्यालय शिल गरियो

तुलसीपुर, १६ असार ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ का वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षण गर्दा वडा नम्वर ७ का ५८ वर्षिय वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी सहित तुलसीपुर क्षेत्रका ६ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तैगरी सोहि वडाका अन्य चार जना र तुलसीपुर ६ का ५७ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । तुलसीपुर ७ का वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भए पश्चात वडा कार्यालयलाई शिल गरिएको जनाईएको छ । मंगलवार भएको परिक्षणमा तुलसीपुरका ६ जना सहित दाङमा २१ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया