तुलसीपुरका किसानलाई निशुल्क घाँस वितरण,डेढ लाख घाँसका विरुवा वितरण गर्ने लक्ष्य

लक्ष्मण विश्वकर्मा, तुलसीपुर, १६ असार ।

तुलसीपुर उपमहानगरपालिका अन्र्तगत रहेको पशु सेवा शाखा कार्यालय तुलसीपुरले किसानहरुलाई निशुल्क रुपमा घाँस उपलब्ध गराएको छ । तुलसीपुर क्षेत्रमा चालु आर्थिक वर्षमा विभिन्न प्रजातीका झन्डै डेढ लाख विरुवा वितरण गर्ने लक्ष्य रहेको कार्यालयले बताएको छ । पशु पालन तथा व्यवसायी गदै आएका किसानलाई भुई घाँस र डाले घाँसका विरुवा निशुल्क रुपमा वितरण गदै आएको शाखा प्रमुख सुवास आचार्यले बताएका छन् ।

किसानहरुको आबश्यकतालाई मध्येनजर गदै चालु आर्थिक वर्षमा झन्डै एक लाख नेपीए, ३० हजार किम्वु र तिन हजार बडहरका विरुवा वितरण गर्ने लक्ष्य शाखा प्रमुख आचार्यले बताएका छन् ।विशेष गरी व्यवसायीक रुपमा पशु पालन तथा माछा पालन किसानलाई घाँस वितरण गरिएको छ भने फाटफुट रुपमा पशु पालन गरेका किसानलाई पनि घाँस वितरण भईरहेको प्रमुख आचार्यले बताएका छन् । दाङ देउखुरी क्षेत्र र प्युठानका विभिन्न क्षेत्रमा उत्पादन भएका घाँस विरुवा खरिद गरी ल्याएको विरुवा किसानलाई निशुल्क उपलब्ध गराईएको हो ।

आवबश्यकताको आधारमा तुलसीपुर क्षेत्रका जुनसुकै किसानले पनि घाँसको विरुवा लिन पाउने शाखा प्रमुख आचार्यले बताएका छन् ।उनका अनुसार आजभोली किसानहरु दिनप्रतिदिन कार्यालयमा आएर घाँसका विरुवा लैजाने गरेका छन् । किसानहरुले पशु पालनमा दानालाई जोड दिएको अवस्थामा घाँस तर्फ आकर्षण बढाउने उद्दश्यका साथ निशुल्क रुपमा घाँस वितरण गरिएको हो । महंगो पैसा तिरेर दाना खरिद गर्नुभन्दा निशुल्क रुपमा पाईएको विरुवा लगेर बषौ समय सम्म घाँस खुवाउन सकिने उनको भनाई छ । जसले गर्दा किसानहरुको कम खर्च हुने र बढि आम्दानी हुन सक्ने कार्यालयले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया