अज्ञात समुहले आक्रमण गर्दा शान्तीनगर २ का वडा अध्यक्ष डाँगी घाईते

तुलसीपुर, १६ असार ।

अज्ञात समुहको आक्रमणबाट पश्चिम दाङको शान्तीनगर गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष फर्सराम डाँगी घाईते भएका छन् । अज्ञात समुहले मंगलवार ११ बजेतिर ५५ मिनेटमा अन्दाजी ४० बर्षिय वडा अध्यक्ष डाँगी माथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चार\ पाँच जनाको समुहले सिमसुन्दरपुर स्थित वडा कार्यालय भित्र प्रवेश गरी आक्रमण गर्दा डाँगीको टाउको, हात र खुट्टामा चोट लागेको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ । आक्रमण गर्नुको कारण खुलेको छैन । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् । वडा अध्यक्ष डाँगी स्थानिय तह निर्वाचनमा नेपाली काग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया