सुकुमवासी आयोगको केन्द्रिय सदस्यमा दाङका बस्नेत नियुक्त

दाङ, १६ असार ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का पुराना नेता शोभाराम बस्नेत सुकुम्बासी आयोगको केन्द्रिय सदस्य पदमा नियुक्त भएका छन् । तुलसीपुर ११ निवासी बस्नेतलाई पाँच नम्वर प्रदेश हेर्ने गरी आयोग सदस्यमा नियुक्त गरिएको नेकपाका नेता मान बहादुर रावतले जानकारी दिएका छन् । प्रदेश सरकारको मंगलवार बसेको मन्त्रीपरिषद बैठकले दङ्गाली कम्युनिस्ट आन्दोलनका योद्धा बस्नेतलाई उक्त पदमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया