लकडाउनलाई आगामी साउन ७ गते सम्म लम्व्याउने सरकारको निर्णय

काठमाडौ, १६ असार ।
सरकारले बन्दाबन्दी खुकुलो भएसँगै संक्रमणको जोखिम बढेको भन्दै यसलाई कडाइ गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकमा अहिले भइरहेको बन्दाबन्दीको स्वरुपलाई व्यवस्थित बनाउने बारे छलफल भएको हो । समितिको सिफारिसको आधारमा बन्दाबन्दी साउन ७ गतेसम्म निरन्तर रहने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

सरकारको यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक गाडी चल्ने छैनन् भने निजी गाडी अहिलेजस्तै जोरबिजोर प्रणालीमा चल्नेछन् । शिक्षण संस्था पनि बन्द हुनेछन् । अनुमतिप्राप्त बाहेक अरु जहाज चल्ने छैनन् । बन्दाबन्दी खुकुलो भएसँगै मापदण्डको पालना नगरिएको पाइएकाले निगरानी गर्नेबारमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईले जानकारी दिए । सिसिएमसीले विदेश पढ्न जानेका लागि भाषा परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई भनेको छ ।

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार
प्रतिक्रिया