मोटरसाईकलको ठक्करबाट तुलसीपुरमा गर्भवती महिलासहित २ जना घाईते

तुलसीपुर, १५ असार/ मोटरसाईकलको ठक्करबाट तुलसीपुरमा गर्भवती महिला सहित दुईजना घाईते भएका छन् ।

घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ कपडादेवी निबासी २७ बर्षकी हेमुना विक र तुलसीपुर–१६ जहदागाउँ निबासी २१ बर्षका मोटरसाईकल चालक दिलबहादुर चौधरी रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

ग्वारखोलाबाट तुलसीपुर तर्फ जाँदै गरेको रा३प २५४० नम्बरको मोटरसाईकलले राप्ती बबई क्याम्पसको गेटनजिकै ठक्कर दिदा दुबैजना घाईते भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए । घाईते दुबैजनाको राप्ती प्रादेशिक अस्पतला तुलसीपुरमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार
प्रतिक्रिया