मतदाताका घर घरमा एमालेका उम्मेद्धारहरु

उरहरी,८ जेठ ।
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले आज देखि को घरदैलो कार्यक्रम सुरु भएको छ । कार्यक्रमको एमाले नेता शोभाराम बस्नेतले उद्घाटन गर्नुभएको छ । उद्घाटन अवसरमा बोल्दै नेता बस्नेतले एमालेको जितको लहर आएकाले जित सुनुश्चित भएको दावि गर्नुभएको थियो ।

एमालेले मात्र देशलाई समृद्ध तर्फ लग्ने भएकाले एमालेलाई जिताउनैपर्ने बेला आएको उहाले बताउनुभयो । आज पहिलो दिन जस्पुर,उरहरी चौक,जनबहार चौक भएर जस्पुर गैरागाउ सम्म साँस्कृतिक कार्यक्रम सहित डेढ सयको सहभागितमा घरदैलो गरीएको छ । कार्यक्रममा वडा अध्यक्षका उम्मेद्धार भागिराम चौधरी,सदस्य पदका उम्मेद्धारहरु लोकजँग शाह,तिलकराम थारु,गायत्रा डागी र कमला नेपाली लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण हरीप्रसाद वलीले गर्नुभएको थियो ।

यस्तै एमाले १२ नम्बरले पनि आज बाट घरदैलो सुरु गरेको जनाएको छ । टेक बहादुर केसीको अध्यक्षता तथा जिल्ला उपाध्यक्ष हुकुम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । शितलपुर देखि सुरु भई कचिला,कचिली गाँउमा पुगेर कार्यक्रमको समापन भएको थियो । सो अवसरमा वडाअध्यक्षका उम्मेद्धार श्याम डागी,सदस्यहरु मान बहादुर केसी,रामशरण चौधरी,शान्ता पुन र टिका विक लगायतले बोलेका थिए । कार्यक्रममा सय बढि कार्यक्रताहरु सहभागि भएका थिए ।

प्रकाशित मिति : २०७४ जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया