मानपुरे कुलामा बगेर ३ बर्षिया बालिकाको मृत्यु

तुलसीपुर, १५ असार / मानपुरे कुलाले बगाउँदा बिजौरीमा ३ बर्षकी बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–६ सिनबाङ घर भई हाल तुलसीपुर उपमहागनरपालिका–१८ बिजौरीमा बस्दै आएका मानसिङ विककी ३ बर्षकी छोरी एलिशा विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।

खेल्ने क्रममा खस्दा घर नजिकै रहेको मानपुरे कुलाले बालिकालाई बगाएको थियो । बालिका नभेटिएपछि खोज्ने क्रममा राती १२ बजे तुलसीपुर –१६ मा रहेको हनुमान ईट्टा उद्योग नजिकै बालिका मृत अवस्थामा भेटिएकी पिडित परिवारले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार
प्रतिक्रिया