अटो पल्टिदा हापुरेमा ४ जना महिला घाइते

तुलसीपुर, १४ असार

हापुरेमा अटो पल्टिदा ४ जना घाईते भएका छन् । शान्तिनगरका लागि छुटेको रा१ह २३८० नम्बरको अटो अनियन्त्रीत भई पल्टिदा शान्तिनगर गाउँपालिका–१ कुण्डले निबासी ६० बर्षकी धनी थारा, ४० बर्षकी मिना थारा, ३३ की कली थारा र २६ बर्षकी विष्णु थारा घाईते भएको खिलतपुर प्रहरीले जानकारी दिएको छ ।

घाईते मध्य कलीको अवस्था गम्भिर रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ । उनिहरुको अहिले राप्ती प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ । अटो दुर्घटना करिब पाँच बजे भएको थियो ।

प्रकाशित मिति : २०७७ असार १४ गते आइतवार
प्रतिक्रिया