सुरु भयो नागिन–४ को सुटिङ

मुम्बई । लकडाउनका कारण बन्द भएको इन्टरटेन्मेन्ट इन्डस्ट्री बिस्तारै खुल्न थालेको छ । भारतमा मनोरञ्जन उद्योग महवपूर्ण उद्योगमध्ये एक हो । भारतको महाराष्ट्र सरकारले गाइडलाइन जारी गरेपछि मनोरञ्जन उद्योगलाई राहत मिलेको छ ।

Advertisement

जसकाकारण सुटिङ सुरु हुन थालेको छ । एकता कपुरको सो नागिन–४ को सुटिङ सुरु भएको बताइएको छ । शुक्रबार पूर्ण स्वास्थ्य सुरक्षा विधि अपनाएर निया शर्मासहितको टिमले सुटिङ सुरु गरेका थिए ।

Advertisement

लामो समयपछि सेटमा पुगेका लिड कलाकार निया शर्मा निकै खुसी भएकी थिइन् । केही कलाकारले इन्स्टाग्राम एकाउन्टमा सुटिङका केही तस्बिरहरू सेयरसमेत गरेका छन् । जसले कलाकारलाई उत्साहित बनाएको देखिन्छ । कतिपयले त्रास अझै कायम रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *