च्याउ खादाँ बबईमा एकै घरका ६ जना बिरामी , २ बर्षीया बालिकाको अवस्था गम्भिर

तुलसीपुर, १३ असार

च्याउँ खादाँ पश्चिम दाङको बबई गाउँपालिका–६ हापुरमा एकै घरका ६ जना बिरामी परेका छन् । जसमध्य २ बर्षीया बालिकाको अवस्था गम्भिर रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

शनिबार बिहान जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा २५ बर्षका इन्द्र बहादुर खड्का, श्रीमती २१ बर्षकी सृजना खड्का, ५ बर्षकी छोरी मनिषा खड्का, २ बर्षकी हिमा खड्का, भाई १४ बर्षका टंक खड्का र १२ बर्षका हुकुम खड्का बिरामी परेका हुन् ।

बिरामी परेका मध्य गम्भिर अवस्था रहेको २ बर्षकी हिमाको भने तुलसी हस्पिटल तुलसीपुरको इमरजेन्सी वार्डमा उपचार भइरहेको छ । अन्यको भने राप्ती प्रादेशिकमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार
प्रतिक्रिया