गोठिखोलामा लागु औषध गाँजा नष्ट

फाईल फोटो

तुलसीपुर, १३ असार ।

तुलसीपुर ३ गोठिखोलामा लागु औषध गाँजा नष्ट गरिएको छ । तुलसीपुर क्षेत्रमा लागु औषध दुर्ब्यसनी न्युनिकरण तथा नियन्त्रण गर्ने अभियान अन्र्तगत प्रहरीले शनिवार गोठिखोलामा प्राकृतिक रुपमा फैलिएको लागु औषध गाँजा फडानी गरी नष्ट गरिएको जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार प्रहरी र स्थानिय सक्रियतामा गाँजाका सयौ विरुवा नष्ट गरिएको हो ।

प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार
प्रतिक्रिया