क्यान्सर पिडित बालिकाको उपचारका लागी आर्थिक सहयोग

तुलसीपुर, ११ असार ।

क्यान्सर पिडित बालिकाको उपचारका लागी आर्थिक सहयोग प्रदान गरिएको छ । तुलसीपुर ५ रामनगरमा कोठा भाडा लिएर बस्ने तेज बहादुर विकका १० बर्षिया छोरी दिपा विकको उपचारका लागी विहिवार आर्थिक सहयोग प्रदान गरिएको छ । अष्ट्रेलियामा रहेका सम्पुर्ण न्यौपाने परिवारको विशेष पहलमा नेपाली युवा, तथा समाजसेवी शिक्षक गोपाल गिरी र अनेरास्ववियुका केहि नेताहरुको प्रयासबाट संकलित आठ हजार पचास रुपैया पिडित परिवारलाई हस्तान्तरण गरिएको स्वर्गद्धारी टोल विकास संस्थाका अध्यक्ष दिपक वलीले जानकारी दिएका छन् ।

क्यान्सर पिडित बालिकाको विगत तिन महिना देखी कान्ति बाल अस्पताल काठमाडौमा उपचार भईरहेको पिडित परिवारले बताएका छन् । बालिकाको घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या परेको पिडित परिवारले बताएका छन् । साथै बालिकाको उपचारका लागी स्थानिय युवाहरुले संकलन गरेको एक लाख रुपैया अपुग हुने भएकाले थप सहयोग गरिदिनका लागी पिडित बालिकाकी आफन्त अमृता विकले सवैमा अपिल गरेकी छिन् । सहयोग गर्न चाहाने ईच्छुक व्यक्तिले मोवाएल नम्वर ९८२२९११५८६ र ९८४४७३२१७१ मा सम्पर्क गर्न पनि उनले आग्रह गरेकी छिन् ।

प्रकाशित मिति : २०७७ असार ११ गते बिहिवार
प्रतिक्रिया