विभिन्न घटनामा परि प्रदेशका तिन जिल्लामा पाँच जनाको मृत्यु

 

दाङ, ११ असार ।
पाँच नम्वर प्रदेशका तिन जिल्लामा पाँच जनाको मृत्यु भएको छ । दाङ, रुपन्देही र नवलपरासी पश्चिममा विभिन्न घटनामा परि पाँच जनाको मृत्यु भएको छ । दाङको घोराही ट्राफिकचोक नजिकै बुधवार साँझ अचेत अवस्थामा फेला परेका एक महिलाको मृत्यु भएको छ । पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिए अनुसार बेवारिसे अवस्थामा फेला परेकी अन्दाजी ३५ बर्षिया ती महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । उनको पहिचान हुन सकेको छैन ।

यस्तै रुपन्देहीमा भारतीय एक मजदुरीको मृत्यु भएको छ । भारत घर भई हाल जिल्लाको सिद्धार्थ नगरपालिका वडा नम्वर १ बेलहियामा बस्दै आएका ५५ बर्षिय किसोर सिहानीको एक्कासी मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ । नवलपरासी पश्चिममा पाल्हिनन्नद गाउँपालिका ३ कुश्मा स्थित झहरी खोलामा डुवेर सोहि ठाउँका १६ बर्षिय किसोरको मृत्यु भएको छ ।

सुस्ता गाउँपालिका वडा नम्वर ५ महलवारी बस्ने लखन हरिजनको छोरी १७ बर्षिया एक किसोरी बुधवार बेलुका घरको सिलिङ पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । यस्तैगरी बर्दघाट नगरपालिका १४ चौपत्तामा वडा नम्वर १२ बस्ने ५० बर्षिय केदारनाथ चौधरी अचेत अवस्थामा फेला परेको र उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असार ११ गते बिहिवार
प्रतिक्रिया