दाङमा तिन वडा अध्यक्ष सहित चार जना जनप्रतिनिधिमा कोरोना संक्रमण

दाङ, ११ असार ।

दाङमा बुधवार थप एक जना वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमित हुने जनप्रतिनिधिको संख्या चार पुगेको छ । जिल्लाका दुई पालिकाका गरी चार जना जनप्रतिनिधिमा पनि कोरोना संक्रमण देखा परेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बुधवार कोरोना परिक्षण गर्दा बंगलाचुली गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष मेघराज रानाको रिपोट पोजेटिभ आएको हो ।

यस अघि सोहि गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष यनुराज खत्री र वडा नम्वर ६ का वडा सदस्य चित्र बहादुर डाँगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तैगरी घोराही उपमहानगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष केशवराज आचार्यमा पनि यस अघि नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७ असार ११ गते बिहिवार
प्रतिक्रिया