दंगीशरणको ३९ करोड ९० लाख बढि बजेट प्रस्तुत

दिप्तीशिखा चौधरी, दंगीशरण, १० असार ।
दाङको दंगीशरण गाउँपालकिाले आगामी आर्थीक बर्ष २०७७÷०७८ का लागि ३९ करोड ९० लाख १४ हजार ४ सय रुपैँयाको बजेट विनीयोजन गरेको छ । दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले बुधबार संघिय सरकार बाट वित्तीय समानीकरण अनुदान अन्र्तगत ९ करोड ४७ लाख, सशर्त अनुदान अन्र्तगत १३ करोड ५३ लाख, राजश्व वाडफाड बाट ६ करोड ७० लाख ८५ हजार ४ सय रुपैँया बजेट विनीयोजन गरेकि हुन् ।

यस्तै प्रदेश सरकार बाट बित्तीय समानीकरण अनुदान ५० लाख ७९ हजार, प्रदेश सशर्त अनुदान अन्र्तगत १ करोड ४८ लाख ५० हजार, प्रदेश सरकार विशेष अनुदान १ करोड १० लाख, प्रदेश राजश्व बाँडफाड २९ लाख ५० हजार रकम विनीयोजन भएको छ । यस्तै आन्तरीक आए तर्फ ८० लाख रजिष्ट्रेशज शुल्कबाट १० लाख, अन्य तहबाट प्राप्त अनुदान ५ हजार अनुमान गरिएको छ भने चालु आर्थीक बर्ष बाट ६ करोड बचत हुने अनुमान गरिएको छ । उपाध्यक्ष खड्काले कोभिड १९ रोकथाम, कृषि, रोजगार, सिंचाई र विकाशका कार्यलाई प्राथमिक्तामा राखेर बजेट प्रश्तुत गरेको जानकारी दिईन् । पालीकाले कोरोना भाईरस तथा उपचार कोषका लागि ३० लाख रुपैँया छुट्याएको छ ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार
प्रतिक्रिया