निर्माणाधिन घरको गारो भत्किदा एक जनाको मृत्यु

दाङ,१० असार ।

प्युठानमा निर्माणाधिन घरको गारो भत्किदा एक जनाको मृत्यु भएको छ । जिल्लाको प्यूठान नगरपालिका ८ दम्ती बस्ने बर्ष ८३ को सन्त बहादुर कुमालको लडेर मृत्यु भएको प्रहरीले बताएको छ । सोहि ठाउँ बस्ने देब बहादुर कुमालको घरमा जस्तापाता छानो लगाउने क्रममा बुधवार दिउँसो गारो भत्किदा उनको मृत्यु भएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार
प्रतिक्रिया