‘हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर’ बनाउन २ अरब ३४ करोड बढी बजेट

तुलसीपुर, १० असा
तुलसीपुर उपमहानगरपालिकाले ‘खुसी जनताः समृद्ध तुलसीपुर, हाम्रो तुलसीपुरः राम्रो तुलसीपुर’ बनाउन स्वास्थ्य र कृषिलाई जोड दिएको छ ।  आर्थिक बर्ष २०७७/ ०७८ का लागि उपप्रमुख माया आचार्यले नगर सभामा प्रस्तुत गरेको २ अरब ३४ करोड ३७ लाख ६४ हजार बराबरको बजेटमा स्वास्थ्य र कृषिलाई प्रथामिकता दिइएको हो ।

यो बजेट चालु आर्थिक बर्षको भन्दा १ अरब २७ करोड १८ लाख ७८ हजार बढी हो । चालु आर्थिक बर्षमा १ अरब ७१ करोड, ८८ लाख ६ हजार बजेट विनियोजन गरिएको थियो । बजेटमा सर्ने र नसर्ने रोगसम्वन्धि कार्यक्रम सञ्चालन, स्मार्ट ल्याब सञ्चालन लगायत एकमुष्ट २ करोड, अश्वारामा रहेको भिमसेन नगर शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई २५ वेडको तुलसीपुर मेट्रो अस्पतालको रुपमा विकास गर्न र विशेषज्ञ सहितको सेवाको सुरुवात गर्नका लागि १ करोड,

आमा तथा नवजात शिशुको सुरक्षाका लागि प्रदान गरिदै आएको मातृशिशु सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी पोषण प्रोत्साहनलाई निरन्तरता दिँदै ४० लाख, उज्यालो तुलसीपुर अन्र्तगत २ वर्ष भित्र मोतिविन्दुमुक्त तुलसीपुर घोषणा गर्न १० लाख विनियोजन गरिएको छ । तुलसीपुरलाई योग, ध्यान र प्राकृतिक चिकित्साको केन्द्रका रुपमा विकास गर्न २५ लाख , तुलसीपुर सामुदायिक योग भवनका लागि संघीय सरकारको विशेष अनुदानमा रु ३० लाख, टोलाई धुम्रपान तथा मध्यपानमुक्त टोल घोषणा कार्यक्रम सञ्चालनका लागि रु ३ लाख विनियोजन गरिएको छ ।

त्यसैगरी कृषि तर्फ पाँच हजार घर परिवारलाई प्रत्यक्ष लाभ पुर्याउने गरी कृषि तथा पशुपालनको क्षेत्रमा ३ करोड, संघ तथा प्रदेश सरकारको समन्वयमा वंगुर, बाख्रा र साना गाई फर्महरु प्रवद्र्धन कार्यक्रमका लागि ४६ लाख विनियोजन गरिएको छ ।
उन्नत वीउ उत्पादन र वितरण १० लाख , कौशी खेति कार्यक्रम लागि ५ लाख, पुष्प विकास कार्यक्रम, च्याउँ, माहुरी तथा माछा विकास कार्यक्रमका लागि १० लाख, बेमौसमी तरकारी खेतिका लागि, ५ लाख कृषिमा रोजगारी सृजना गर्ने कार्यक्रमा लागि २० लाख विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार
प्रतिक्रिया