अन्तर्राष्ट्रिय एकल महिला दिवस : सम्मान, सुरक्षा र समतामुलक समाजका लागि जोड

काठमाण्डाै ९ असार-आज अन्तर्राष्ट्रिय एकल महिला दिवस । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस मनाउन थालिएको हो ।

लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरिबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रसंघले श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध बिच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिला भनी उल्लेख गरेको छ।

संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर झण्डै २४ करोड ५० लाख एकल महिला र उनीहरुका ५० करोड बालबालिका विभिन्न समस्यामा छन् । त्यसमध्ये ८ करोडभन्दा बढी महिला यौन हिंसा सहन बाध्य छन् ।नेपालको जनगणना २०६८ अनुसार नेपालमा एकल महिलाको संख्या ६ लाख छ ।

कोरोना सङ्क्रमण जोखिमका कारण दशौं अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालमा औपचारिक कार्यक्रम आयोजना गरिएको छैन ।मानव अधिकारको सम्मान, सुरक्षा र समतामुलक समाजका लागि एकल महिलाका क्षेत्रमा क्रियाशील संघसंस्थाले जोड दिंदै आएका छन् ।

प्रकाशित मिति : २०७७ असार ९ गते मङ्गलवार
प्रतिक्रिया