पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु

फाईल फोटो

काठमाडौ,८ असार ।

पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका ११ स्थित सम्मोबारी भन्ने ठाउँमा पहिरोमा परि दुई जनाको मृत्यु भएको छ । पहिरोले दुई वटा गाडी बगाएको छ ।पहिरोले एउटा ट्याङ्कर र एउटा मिनीट्रक बगाउँदा दुई जनाको शव भेटिएको पाल्पाका डीएसपी मदन गिरीले बताए । गिरीका अनुसार एक जनाको उद्धार गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असार ८ गते सोमवार
प्रतिक्रिया