भारतबाट ल्याउदै गरेको अवैध ब्रोईलर कुखुराको चल्ला बरामद गरी नष्ट

फाईल फोटो

दाङ, ८ असार ।

कपिलबस्तुमा अवैध ब्रोईलर कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको छ ।जिल्लाको कृष्णनगर नगरपालिका १२ हरिगावा स्थित भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको ब्रोईलर कुखुराको बच्चा २५०० वटा बरामद गरी नष्ट गरिएको प्रहरीले बताएको छ ।

उक्त प्रहरीका अनुसार बच्चा अन्दाजी १ लाख ५० हजार रुपैया मुल्य बराबरको थियो । आईतवार बेलुकी ल्याउदै गरेको कुखुराको बच्चा चेकजाँच गर्ने क्रममा उक्त कुखुराको बच्चा सोहि स्थानमा छाडेर मानिस भारत तर्फ भागेपछि कुखुराको बच्चा बरामद गरीएको हो । बरामद गरिएको कुखुरा बच्चा जनप्रतिनिधि, सरोकारवाला र पत्रकारहरुको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असार ८ गते सोमवार
प्रतिक्रिया