दंगीशरणका सामुदायीक विद्यालयले पुस्तक वितरण गर्दै

दिप्तीशिखा चौधरी, दंगीशरण, ७ असार 

दंगीशरण गाउँपालिकाको शिक्षा शाखाले गाउँपालिकामा रहेका सबै सामुदायीक विद्यालयमा पुस्तक वितरण गर्न आग्रह गरेको छ । विश्वभर कोरोना संक्रमण फैलिरहदा लामो समयको लकडाउँनमा बिद्यार्थीहरु मारमा परेको भन्दै शिक्षा शाखाले पुस्तक वितरण कार्यलाई अगाडि बढाएको शीक्षा शाखा प्रमुख विनोद अधिकारीले जानकारी दिए ।

गाउँघरमा बिद्यार्थीहरुको शिक्षा रेडियो र टिभी बाट सम्भव नहुने देखेपछि किताव वितरण गरेर अभिभावकको जिम्मा लगाई उनीहरुको शैक्षीक क्रियाकलाप अगाडि बढाउनका लागी किताव वितरण गरीएको प्रमुख अधिकारीले बताए ।
अहिले दंगीशरणका १५ वटै सामुदायीक विद्यालयले पुस्तक वितरण गरिरहेको छ । लकडाउनको समयमा घरमै बसेर पढ्न सकिने भन्दै पुस्तक वितरण गर्न निर्देशन दिएको प्रमुख अधिकारीले बताए ।

यसका साथै सरकारको निर्देशन पालना गर्दै घरमा टिभी भएका विद्यार्थीहरुले वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका २०७७ अनुशार शिक्षा विकास तथा मानव स्रोत केन्द्रद्धारा पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारीत उत्पादन गरिएका श्रव्यदृश्य पाठहरु कक्षा १ देखि ८ सम्मका बिषयगत पाठहरु नेपाल टेलीभिजनको एनटिभी च्यानलमा प्रशारन भईरहेकाले हेरेर सिकाई हासील गर्न सकिने शिक्षा शाखा प्रमुख अधिकारीले जानकारी गराएका छन् ।

 

प्रकाशित मिति : २०७७ असार ७ गते आइतवार
प्रतिक्रिया