कोरोना जितेर घर फर्किइन् अभिनेत्री निरिशा

मुम्बई । अभिनेत्री निरिशा बस्नेत कोरोना संक्रमणबाट मुक्त भएको उनका पिता एवं अभिनेता विश्व बस्नेतले बताएका छन् । विगत चार वर्षदेखि मुम्बईमा बसेर उतै भारतीय टेली चलचित्रमा अभिनय गर्दै आएकी अभिनेत्री निरिशा विगत दुई साताअघि कोरोनाबाट संक्रमित भएकी थिइन् ।

Advertisement

त्यतिबेला श्वासप्रश्वासको समस्या भएपछि परीक्षण गर्न गएकी उनलाई परीक्षणको क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसपछि लगत्तै उनी अस्पताल भर्ना भएकी थिइन् ।आफूसँगै बस्ने साथीमा कोरोना पोजेटिभ पाएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

Advertisement

त्यसपछि परीक्षण गर्दा कोरोना संक्रमित देखिएको उनले दुई साताअघि नै इन्स्टाग्राममार्फत बताएकी थिइन् । आफ्नी छोरीले कोरोनालाई जितेर शुक्रबार बेलुका अस्पतालबाट डिस्चार्ज भएको बुबा विश्व बस्नेतले बताएका छन् । बस्नेतले शनिबार फेसबुकमा एउटा स्टाटस लेख्दै कोरोना जितेर छोरी घर फर्किएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *