दाङका ४ सहित प्युठान र रुकुमका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि

तुलसीपुर, ६ असार ।

दाङका ४ सहित प्युठान र रुकुम पश्चिमका गरी १३ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ५६१ नुमना परिक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको हो । प्रतिष्ठानमा कार्यरत घोराही २ का ४२ बर्षिय पुरुष, घोराही ५ का २५ बर्षिया १ जना महिला, घोराही १५ का १ जना महिला र बुटवल ठेगाना भएका ३९ बर्षिय १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्युठानका ८ र रुकुम पश्चिमका एक जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७७ असार ६ गते शनिवार
प्रतिक्रिया