रुकुम घटना : काठमाडौबाट अधिबक्ता सहित अधिकारकर्मीको टोली रुकुम प्रस्थान

तुलसीपुर, ५ असार ।

 रुकुम पश्चिममा भएको घटनाको अध्ययन तथा अनुसन्धान गर्न एक टोली घटनास्थल तर्फ प्रस्थान गरेको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रिय अध्यक्ष त्रिलोकचन्द विश्वास विश्वकर्माको अघुवाईमा पाँच जनाको टोली
रुकुम पश्चिम घटना तर्फ प्रस्थान गरेको छ । संघ र जुरी नेपालको समन्वयमा विहिवार काठमाडौ देखी यात्रा गरेको टोली शुक्रवार दाङ ,सल्यान हुदै रुकुम प्रस्थान गरेको हो ।

समाज कल्याण संघका अध्यक्ष विश्वकर्माका अनुसार टोलीले आईतवार र सोमवार घटनाको अनुसन्धान गदै पिडित पक्षलाई उचित न्याय दिनका लागी पहल गर्नेछ । टोलीले त्यहाको बास्तविक घटनालाई केलाउदै पिडित पक्षको न्यायका लागी अनुसन्धानलाई सहयोग गर्नेछ ।

सो टोलीमा संघका केन्द्रिय अध्यक्ष विश्वकर्मा,उपाध्यक्ष जोगेन्द्र विश्वकर्मा, बरिष्ठ अधिबक्ता दिनेशमणि त्रिपाठी, जुरी नेपालका अधिबक्ता श्याम कुमार विश्वकर्मा र अधिवक्ता सुन्दर सेनी गरी पाँच जनाको समुह रहेको छ । साथै यस अघि गत जेठमा पनि संघका अध्यक्ष विश्वकर्माको अघुवाईमा पाच जनाको समुहले घटना स्थलमा पुगेर अध्ययन गरी काठमाडौ फर्केर प्रतिवेदन सार्वजनिक गरीसकेको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्वर ८ सोतीमा गत जेठ १० गते भएको सामुहिक हत्या घटनामा परि जाजारकोटका नवराज विक सहित ६ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७७ असार ५ गते शुक्रवार
प्रतिक्रिया