दंगीशरण ५ मा जेष्ठ नागरिकलाई सम्मान गरियो

तुलसीपुर, ५ असार ।

दङ्गिशरण गाउँपालिका वडा न ५ ले जेष्ठ नागिरकलाइ सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । वडाका २० जना नागरिकलाई उनीहरुको आवश्यकक्ता अनुसार टर्च,छाता प्रदान गरी सल ओढाएर वडा अध्यक्ष दिपक गौतमले सम्मान गरे ।

सम्मान गदै वडा अध्यक्ष गौतमले लकडाउनले वडाका हरेक गतिविधि सञ्चालन गर्न नसकेको भन्दै जेष्ठ नागरिकको सम्मान कार्यक्रम रोकेर जेष्ठ नागरिकहरुलाई समस्यामा पार्न नचाहेको हुदा कार्यक्रम सञ्चालन गरेको बताए । आफ्नो आवश्यकक्तालाई बुझेर वडाले सम्मान गरेको भन्दै जेष्ठ नागरिक खुसि भएका छन् । सम्माकार्यक्रमको शहरीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असार ५ गते शुक्रवार
प्रतिक्रिया