लमहीमा औद्योगीक ग्राम बनाउन ६० करोड बढीको विस्तृत परियोजना तयार

शिवु खनाल,
देउखुरी, ४ असार ।

लमही नगरपालिका वडा नं. ७ मा औद्योगीक ग्राम बनाउन ६० करोड बढीको विस्तृत परियोजना तयार गरिएको छ । औद्योगीक ग्रामको लागी पूर्वाधार बनाउन ६० करोड ५२ लाख ८ हजार चार सय ३८ रुपैयाँको लागत लाग्ने विस्तृत परियोजनामा उल्लेख गरिएको छ । २९ विगाहको जग्गामा औद्योगीक ग्राम बनाउन जग्गा छनौंट गरिएको छ ।
औद्योगीक ग्राम बनाउन प्रदेश र स्थानीय तहको लगानी केन्द्रित गरिने प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए ।

जग्गा खरिद र भवन निर्माणमा मात्रै लगानी बढी लाग्ने र उद्योगमा लगानी लगाउन नसक्ने उद्योगीहरुलाई औद्योगीक ग्रामले ठूलो सहयोग पु¥याउने अपेक्षा गरिएको छ । पुरानो सिप र प्रविधिमा आधारित उद्योगहरु यहाँ राखिने छन् । एक सय ३८ उद्योगहरुको लागी पूर्वाधार तयार पारिने छ । दुई प्लटमा उद्योगहरुलाई विभाजन गरेर तीन कट्ठा र डेढ कट्ठाको जग्गा गरी दुई प्लटमा उद्योगहरुलाई वर्गिकरण गरेर स्थापना गर्न सकिने प्रस्ताव गरिएको छ ।

केन्द्र सरकारले ७ सय ५३ पालिकामा एक÷एक ओटा औद्योगिक ग्राम बनाउने नीति लिएको छ भने, प्रदेश सरकारले प्रदेश निर्वाचन क्षेत्रमा एउटा औद्योगीक ग्राम बनाउनेगरी योजना तथा बजेट ल्याएको छ । सोही नीतिको आधारमा लमहीमा औद्योगीक ग्राम बनाउने योजना अघी सारिएको हो । औद्योगीक ग्राम बनाइसिद्धार्थ ईन्सिट्यूच अफ रिसर्च एण्ड कन्सल्टेन्सी प्राली बुटवलले डिपिआर तयार पारेको हो । बिहिरवार डिपियारको बारेमा विस्तृत छलफल गरिएको छ ।
लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा भएको छलफलमा प्रदेश सभा सदस्य रेवतीरमण शर्माले ठिक ठाउँमा औद्योगीक ग्राम निर्माणको प्रस्ताव गरिएको र डिपिआरमा महत्वपूर्ण योजनाहरु समेटिएको बताए ।

प्रदेश सभा सदस्य इन्द्रजीत थारुले कृषि बाट क्रमस औद्योगीक पुजीको विकास गर्नुपर्ने त्यसका लागी औद्योगीक ग्रामको आवश्यकता रहेको बताए । कार्यक्रममा प्रदेश सभा सदस्य दामा शर्मा र सरस्वती गौतमले औद्योगीक ग्रामले रोजगारीको सुनिश्चितता समेत गर्ने बताए । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले औद्योगिक ग्रामले लमही नगरपालिकामा मात्रै नभएर सिंगो देउखुरीको आर्थिक अवस्थामा परिवर्तन ल्याउन सक्ने धारणा राखे । औद्योगिक ग्राम स्थापनको लागि कस्टेबल भएको बताउदैँ, कतै विद्युत्को पहुँच पुग्न सकेको छैन, सडकको पहुँच पुग्न सकेको छैन, कतै केही पुग्न सकेको छैन । यो सबैका कुराहरुको सुव्यवस्थित खालको एकै ठाउँमा औद्योगिक ग्राम स्थापना भयो भने राज्यको लगानी पनि कम हुने र उत्पादनमा वृद्धि हुने यो अवसर प्राप्त भएको कारणले असाध्दै महत्वपूर्ण रहेको बताए ।

यहि महत्वलाई बुझेर प्रदेश सरकारले प्रत्येक पालिकामा एउटा औद्योगिक ग्रामको निति दिए बमोजिम विहिवार लमही नगरपालिका औद्योगिक ग्राम स्थापनाका निम्ती एउटा अवसर प्राप्त गरेको नगर प्रमुख केसीको भनाई छ । कार्यक्रममा कन्सल्टेन्स प्रालीका अध्यक्ष लिला केसीले समेत मन्तव्य व्यक्त गरे । कार्यक्रमको सञ्चालन हरिप्रसाद भण्डारीले गरे ।

 

प्रकाशित मिति : २०७७ असार ४ गते बिहिवार
प्रतिक्रिया