भातृसंगठन चलायमान बनाउनुपर्छ :सभापति खड्का

तुलसीपुर,४ असार ।

नेपाल दलित संघको भातृसंगठन नेपाल दलित विद्यार्थी संघको १२ औ स्थापना दिवसका अवसरमा विहिवार फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल दलित विद्यार्थी संघ दाङले दिवसको अवसरमा एक कार्यक्रम गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेका विरामीहरुलाई फलफुल वितरण गरेको हो । सोहि अवसरमा बोल्दै नेपाली काग्रेस दाङका सभापति कृति बहादुर खड्काले भातृसंगठनलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् ।

संगठनको स्थापना दिवस मनाउदैमा औचित्य नहुने बताउदै उनले निरन्तर रुपमा आफना गतिविधिहरु चलायमान बनाउनु पर्ने बताएका छन् । साथै उनले अहिले देशमा युवा शक्तिको खाँचो रहेकोले युवाहरु सक्रिय साथ संगठित हुनुपर्ने जोड दिएका छन् ।विद्यार्थी संघ दाङका अध्यक्ष कलसिंह विकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दलित संघका केन्द्रिय सदस्य जोगेन्द्र विश्वकर्माले दलित र गैरदलित हातेमालो गर्नु अहिलेको आबश्यकता भएको बताएका छन् ।

अझै जातिय विभेदका ठुलाठुला घटनाहरु भएकाले यसलाई अन्त्य गर्नका लागी दलित र गैरदलित विच सहकार्य र समन्वय हुन आबश्यक रहेको बताएका हुन् । जातिय विभेद विरुद्ध संघर्ष र आन्दोलन हुदै आएपनि घटनामा कमी आउन नसकेको हुदा यसमा गैरदलित समुदायले पनि महत्वपुर्ण साथ दिनुपर्ने उनको भनाई थियो ।

सो अवसरमा तरुण दल दाङका अध्यक्ष टिका घर्ति, नेपाल दलित संघ दाङका अध्यक्ष बाबुराम विश्वकर्मा, नेपाल विद्यार्थी संघका अध्यक्ष टोप बहादुर बुढाथोकी र दलित संघका केन्द्रिय उपाध्यक्ष खेमराज विश्वकर्माले बोलेका थिए । नेपाल दलित विद्यार्थी संघका जिल्ला सदस्य पवित्रा सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघकी सहसचिव सुसिला परियारले गरेकी थिईन् ।

प्रकाशित मिति : २०७७ असार ४ गते बिहिवार
प्रतिक्रिया