भिरबाट लडेर वडा सदस्यकोे मृत्यु

दाङ, ४ असार । रुकुम पुर्वमा भिरबाट लडेर एक वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको भुमे गाउँपालिका वडा नम्वर ४ काँडा बस्ने ५८ बर्षिया धनसरी विक सोहि ठाउँमा भिरबाट लडेर मृत्यु भएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाले जनाएको छ । वडा सदस्य समेत रहेकी विक विहिवार हुन लागेको गाउँसभा बैठकमा सहभागि हुनका लागी बुधवार घरबाट निस्किए थिईन् । घरबाट हिड्ने क्रममा बुधवार दिउँसो ४ बजेको समयमा बाटोमा लडेर झन्डै २० मिटर तल खसी गम्भिर घाइते भएकी विकको प्राथमिक स्वास्थ्य केनद्र काँडा लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असार ४ गते बिहिवार
प्रतिक्रिया