चिकित्सक र ल्यावलाई प्रतिष्ठानद्धारा धन्यवाद ज्ञापन

तुलसीपुर, ३ असार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले एकै दिन ७ सय ५८ जनाको कोरोना परीक्षण गरेको छ । पिसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा ७ सय २५ जना नेगेटिभ र ३३ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

यो हालसम्मकै ठूलो संख्या हो । यस अघि प्रतिष्ठानले दैनिक दुईसयसम्म कोरोना परीक्षण गर्दै आएको थियो । दाङमा बैशाख दोस्रो सातादेखि पहिलोपटक कोरोना परीक्षणको काम सुरु गरिएको हो । दाङमा कोरोना परीक्षण सुस्त गतिमा भइरहेको गुनासो आइरहेका बेला प्रतिष्ठानले एकै पटक ठूलो संख्यामा परीक्षणको दायरा बढाएर केही आशा जगाएको छ । आज देखि दुई वटा पिसीआर मेसिनबाट कोरोनाको परीक्षण पनि सुरु गरिएको छ ।

यसैविबच प्रतिष्ठानले कोरोना परीक्षणमा खट्ने ल्याब तथा चिकित्सकलाई धन्यवाद समेत दिएको छ । सिमित स्रोत र साधनका बाबजुत पनि कोरोना जस्तो महामारीमा खटेर परीक्षणको दायरा बढाको भन्दै प्रतिष्ठानले ल्याबमा खट्ने स्वास्थयकर्मी र चिकित्सकलाई धन्यवाद ज्ञापन गरेको हो ।

 

प्रकाशित मिति : २०७७ असार ३ गते बुधवार
प्रतिक्रिया