दाङमा भोली देखी साँझ ५ बजेपछि बजार बन्द हुने

दाङ, ३ असार ।

दाङमा भोली विहिवार देखी बेलुकी पाँच बजेदेखी सम्पुर्ण बजार बन्द हुने भएको छ । दिनप्रतिदिन कोरोना संक्रमितहरु बढ्न थालेपछि थप साबधानी अपनाइनका लागी बजार बन्द गर्ने निर्णय भएको हो । जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा बुधवार घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले तयार पारेको लकडाउन सम्वन्धीको मापदण्द अनुसार जिल्लामा दुई सय भन्दा बढि कोरोना संक्रमित भएको जिल्लामा लकडाउन गर्न सकिने भएकाले हाल मोडालिटि परिवर्तन गदै दैनिक साँझ पख बजार बन्द गर्ने र विहान ,दिउँसोको समयमा मात्रै बजार खुल्ला गर्ने निर्णय भएको हो । यसलाई आबश्यकताको आधारमा थप कडाई गरिने भएको छ ।

बैठकले जिल्लामा सवारी साधनलाई व्यवस्थित गर्नका लागि निजी सवारी साधनहरुको जोडबिजोड प्रणाली लागू गर्ने निर्णय गरेको छ । जसमा मोटरसाइकलमा जोडबिजोड प्रणाली अन्र्तगत एकजना मात्र बसेर सवारी गर्न पाउनेछन् ।
जिपकारहरुमा चालक सहित अन्यदुईजना बस्नेगरी जोडबिजोड प्रणाली लागू गरिएको छ । गतेका आधारमा जोडबिजोड लागू गर्ने निर्णय भएको हो । सोहि अनुरुप विहिवार असार ४ गते जोड नम्वर र शुक्रवार ५ गते बिजोड नम्वरका गाडीहरु चल्न पाउने भएका छन् ।

वैठकमा जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सुरक्षाप्रमुखहरु, दशवटै गाउँपालिकाकाप्रमुख तथा उपप्रमुखहरु, राजनीतिकदलका प्रमुखहरु, नेपाल पत्रकार महासंघ, दाङ उद्योग वाणिज्य संघ,च्याम्बर अफ कर्मस, विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा बसेको वैठकले जिल्लामा कोरोना संक्रमितहरुको प्रभावकारी उपचार गर्नका लागि परीक्षण बिधि बढाउन दुईदिनभित्रै रेएजेन्ट कम्तिमा पनि दश हजार व्यक्तिको परीक्षण गर्ने गरी जिल्लामा ल्याउने, दैनिक एक हजार जति व्यक्तिको चेकजाँच रिर्पोट सार्वजनिक गर्नेगरी तयारी गर्ने, क्वारेनटाइनहरुलाई थप व्यवस्थित गर्ने, संक्रमितहरुका लागि सम्बन्धित क्वारेन्टाइनमै आइसोलेसन बनाउने, सबैलाई उच्चशतर्कता अपनाउन अनुरोध गर्ने, शव व्यवस्थापनका लागि सम्बन्धित गाउँपालिकाहरुमै स्थान बनाउने, त्यसकालागि १० जना बढिको शव व्यवस्थापनमा चाहिने सामानहरु जिल्ला विपत व्यवस्थापन समितिमा स्टक राख्ने निर्णय गरिएको छ ।

यसैगरी वर्षातको समय भएकाले बाढि, पहिरोको जोखिमबाट बच्नका लागि वडा वडामा सचेतना फैलाउने, तयारी कार्यलाई व्यापक बनाउने, यसका लागि प्रचारप्रसार गर्न नेपाल पत्रकार महासंघसँग समन्वय गर्ने र बजारमा व्यवसायीहरुलाई सचेत गराउने लगाएतका निर्णय भएको जनाईएको छ । जिल्लामा कोरोना संक्रमित अझ बढि फैलिएमा जिल्लामा लकडाउनलाई थप कडा पारिने भएको छ ।

प्रकाशित मिति : २०७७ असार ३ गते बुधवार
प्रतिक्रिया