अधिकांस अपराध लागुऔषध भएको तुलसीपुर प्रहरीको निश्कर्ष

तुलसीपुर, ३ असार / अधिकांस घटनाहरु लागुऔषधसंग जोडिएपछि प्रहरीले त्यस्ता व्यक्तिहरुको लगत संकलन गरेको छ । घटनाको मुख्य पात्रका रुपमा ब्राउनसुगर, गाँजा, टयाबलेट, चरेस, हुक्का तान्ने तथा मादकपदार्थ सेवन गर्ने व्यक्तिहरु नै भएकाले पहिलो चरणमा त्यस्ता व्यक्तिहरुको लगत संकलन गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरको तथ्याङ्क अनुसार सबै भन्दा बढी लागुऔषध दुव्र्यसनी बेलुवामा २९ जना छन् । त्यसैगरी हेकुलीमा २४ , गोटीखोलामा २३, तुलसीपुरको बसपार्कमा २०, बेलझुण्डीमा १८ , तुलसीपुर बजारमा १५, खाद्रेमा १० , पर्सेनीमा ११ , बिजौरीमा १२ , बागरमा १२ , जसपुरमा ११ , गोलटाकुरीमा ८, फुलबारीमा ६ र मलवारमा ६ जनागरी २ सय ५ जना लागुऔषध सेवन तथा विक्रीकर्ता रहेको त्यहाँ स्थित प्रहरी चौकीले जानकारी दिएका छन् ।

कुलतमा फसेका ती क्षेत्रका युवकहरुलाई सम्बन्धित क्षेत्रका प्रहरी चौंकीमा बोलाएर बाबु–आमाको रोहबरमा सम्झाई बुझाई गरेर पठाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए । मठमन्दीर, पुल, विद्यालय र चिराचारी लागुऔषध सेवन स्थल भएकाले त्यसलाई पनि प्रहरीले निगरानी गरेको छ ।

प्रहरीको सूचिमा परेका संवेदनशिल क्षेत्र

त्यसैगरी धरै अपराध र ड्रक्सहरुको चलहलपहल हुने क्षेत्रलाई पनि प्रहरीले निगरानीमा राखेको छ । प्रहरीको संवेदनशील सूचिमा परेका तुलसीपुरको रानीजरुवा, बरुवागाउँ, महेन्द्रस्कुल, संगितनगर टोल, हिमाल बोर्डीङ स्कुल क्षेत्र, गोटीखोलालाई प्रहरीले उच्च निगरानीमा राखेको छ । यी क्षेत्रमा घटना घटेको पाँच मिनेटमा पुग्ने गरी प्रहरीले चारवटा क्युआरटी प्रहरीको टोलीलाई तयारी अवस्थामा राखेको छ ।

त्यसैगरी यी सम्भावित जोखिम क्षेत्रलाई आधार बनाएर प्रहरीले गाडी सहितको मोबाईल टोलीलाई पनि परिचालन गरेको छ ।  एक महिनामा लागुऔषध र गुण्डागर्दी नियन्त्रण गर्ने दाबी गरेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका इन्चार्ज तथा प्रहरी नायव उपरीक्षक शिव बहादुर सिहले तुलसीपुर क्षेत्रमा हुने गरेका अपराधका प्रकृतिको विषयमा गहिरो अध्यन गरिरहेको बताएका छन् ।

अपराध नियन्त्रणका लागि फरक ढगले लागेको छु : डिएसपी सिह


‘मेलै तुलसीपुर क्षेत्रम हुने अपराधलाई हेरे । सबै भन्दा बढी दुव्र्यसनी र मापसे भएको पाएँ ,’ त्यसैले त्यस्ता व्यक्तिको पहिचाका लागि मातहतका युनिटहरुलाई परिचालन गरेर लगत संकल गरेको छु ।’

अपराध नियन्त्रणमा लाग्नु प्रहरीको नियमित काम भएपनि अलि फरक ढंगले तुलसीपुर क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्न लागि परेको प्रनाउ सिहले बताउए । घटना हरेक समुदायमा घट्ने र त्यहाँका समुदायलाई नै प्रहरीलाई भन्दा पहिला जानकारी हुने भएकाले अपराध नियन्त्रणकाका लागि गाउँ गाउँमा पुगेर स्थानीयसंग छलफल गरिहेको उहाँले प्रनाउ सिहले बताए ।

चुल्ठे मुन्द्रे पनि प्रहीको नजरमा

ईलाका प्रहरी कार्यालय तुलसीपुरले एकै दिन १५ जना युवकको कपाल काटेको छ । अपराध नियन्त्रण अभियानमा जुटेको प्रहरीले तुलसीपुर बजारबाट नियन्त्रणमा लिएका ती युवकहरुको कपाल बाबु–आमाको सहमतिमा काटेको हो ।
समाजमा उछृङखल, गतिविधि गर्ने, लागुऔषध सेवन गर्ने, कानमा मुन्द्रा लगाएका र गाउँ समाजमा होहल्ला गर्दै हिड्ने ती युवकहरुको आचरणमा सुधार ल्याउन कपाल काटीएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए ।

‘जसको पायो त्यसको कपाल काट्दैनौ,’ प्रवक्ता डम्बरपालले भने –‘जसले समाजमा हुलहुज्जगत गर्छ । उछृङखल गतिविधि गर्छ । लागुऔषध दुव्र्यसनी छ । त्यस्तालाई नियन्त्रणमा लिएर बाबु–आमाको सहमतिमा कपाल काटिदिन्छौं ।’

नियन्त्रणमा लिएका युवकहरुलाई कपाल काटेर आउन भने पनि गएपछि फर्केर नआएने भएपछि नाउलाई बोलाएर कपाल काटीदिने गरेको प्रवक्ता डम्बरपालले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असार ३ गते बुधवार
प्रतिक्रिया