सिमाक्षेत्रमा प्रहरीको पक्की भवन निर्माण गर्न बजेट विनियोजन

शिवु खनाल

दाङ, ३ असार / प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)का केन्द्रीय सदस्य मेटमणी चौधरीले भारतसंग जोडिएका सिमा चौकी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको पक्की भवन निर्माणको लागि ३ करोड ८० लाख बजेट विनियोजन गर्नु भएको छ ।

सदस्य चौधरीले आफ्नो दाङ निर्वाचन क्षेत्र नं.१ मा पर्ने गढवा गाउँपालिका वडा नम्बर ८ मुसिनाकामा प्रहरी चौकिको भवन निर्माणको लागि ४० लाख, राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारा प्रहरी चौकिको लागि ४० लाख, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खाँग्रा नाकाको लागि १ करोड, सुनपत्थरी नाकाको लागि १ करोड र भौवानाकाको लागि १ करोड बजेट विनियोजन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,–। ‘यो आर्थिक वर्ष ०७७÷०७८ मा सम्पन्न हुने गरि छिमेकी राष्ट्र भारतसंग जोडिएका सिमा चौकी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको पक्की भवन निर्माणको लागि ३ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । ‘दाङको नाका क्षेत्रहरुमा रहेको सिमा चौकी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको अवस्था निकै दैनिय छ । खरका छाना, सिटाले बेरेको बार, कच्ची घरलाई भाडामा प्रयोग गरेर सिमाको सुरक्ष गर्नका साथै सिमा अपराध नियन्त्रण गरिरहेका छन् नेपाल प्रहरी र सशस्त्र प्रहरीले ।’

‘उनिहरुलाई थप व्यवस्थित गर्न र नाका क्षेत्रमा पक्की भवन निर्माण गरि, नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ती बढाइ कडा तरीकाले सिमाक्षेत्रको रेखदेख गर्न र सिमाबासीलाई सुरक्षाको अनुभुती गर्ने गरि भारतसंग जोडिएका नाका क्षेत्रमा सिमा चौकी र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको पक्की भवन सहित निर्माण गर्न लागेको सदस्य चौधरीको भनाई छ ।’

 

प्रकाशित मिति : २०७७ असार ३ गते बुधवार
प्रतिक्रिया