दाङमा मात्रै ५६ जना थपिए,नेपालमा संक्रमितको संख्या ६५ सय नाघ्यो

दाङ, २ असार । वितेको २४ घण्टाको अवधीमा नेपालमा थप ३८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार गरेको नियमित प्रेस ब्रिफिङका क्रममा यस्तो जानकारी दिएको हो । यो संगै नेपालमा हाल सम्म संक्रमित हुनेको संख्या ६ हजार पाँच सय एकान्नब्बे पुगेको छ । जसमा ६ हजार ९२ पुरुष र ४ सय ९९ महिला रहेका छन् ।

दाङमा मात्रै मंगलवार ५६ जना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना परिक्षण गर्दा दाङका ४६ जना पुरुष ,१० जना महिला र सल्यानका १ जना पुरुष गरी ५७ जनाको रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यता प्रतिष्ठानबाट यसको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०७७ असार २ गते मङ्गलवार
प्रतिक्रिया