चुल्ठे मुन्द्रेको कपाल काट्दै तुलसीपुर प्रहरी

तुलसीपुर, २ असार

ईलाका प्रहरी कार्यालय तुलसीपुरले  एकै दिन १५ जना युवकको कपाल काटेको छ । अपराध नियन्त्रण अभियानमा जुटेको प्रहरीले तुलसीपुर बजारबाट नियन्त्रणमा लिएका ती युवकहरुको कपाल बाबु–आमाको सहमतिमा काटेको हो ।

समाजमा उछृङखल, गतिविधि गर्ने, लागुऔषध सेवन गर्ने, कानमा मुन्द्रा लगाएका र गाउँ समाजमा होहल्ला गर्दै हिड्ने ती युवकहरुको आचरणमा सुधार ल्याउन कपाल काटीएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए ।
‘जसको पायो त्यसको कपाल काट्दैनौ,’ प्रवक्ता डम्बरपालले भने –‘जसले समाजमा हुलहुज्जगत गर्छ । उछृङखुल गतिविधि गर्छ । लागुऔषध दुव्र्यसनी छ । त्यस्तालाई नियन्त्रणमा लिएर बाबु–आमाको सहमतिमा कपाल काटिदिन्छौं ।

नियन्त्रणमा लिएका युवकहरुलाई कपाल काटेर आउन भने पनि गएपछि सम्पर्कमा नआउने भएकाले कपाल काट्ने व्यक्तिलाई बोलाएर ईलाका प्रहरीमा नै कपाल काटीदिने गरेको प्रवक्ता डम्बरपालले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असार २ गते मङ्गलवार
प्रतिक्रिया