आज भारी बर्षा हुने( यी हुन् ठाउँ)

काठमाडौ, १ असार ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली हुने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् समिर कुमार श्रेष्ठका अनुसार बेलुका सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ असार १ गते सोमवार
प्रतिक्रिया