दाङमा टेक्टर दुर्घटना हुदा एकको मृत्यु, तिन घाईते

तुलसीपुर, ३२ जेठ ।

दाङमा टेक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् ।बंगलाचुलीबाट प्यूठानको
अरूङखोलातर्फ बिजुलीको पोल लोड गरी जादै गरेको रा १ त २७७५ नम्वरको टेक्टर सोहि गाउँपालिका वडा नम्वर १ रातामाटा भन्ने स्थानमा गएराती दुर्घटना हुदा चालक हासीपुर बस्ने २७ बर्षिय राम बहादुर बुढाको मृत्यु भएको प्रहरीले बताएको छ ।
उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा निधन भएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । यस्तै टेक्टर सहचालक प्युठान स्वर्गद्धारी नगरपालिका ९ सिमिले बस्ने १८ बर्षिय भेषराज घर्ती मगर, सवार बंगलाचुली गा.पा.१ बाह्रबिसे ३२ बर्षिय ईश्चर जि. सी. घाईते भएका छन् ।

यस्तैगरी घोराही ३ मनकामना पेट्रोलपम्प नजिकै लमहीदेखी घोराहीतर्फ आउदै गरेको ना ५ ख ९७८० नम्वरको ट्रकले ठक्कर दिदा अन्दाजी ३५ बर्षिय एक पुरुष घाईते भएका छन् । उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भईरहेको प्रहरीले बताएको छ । उनको पहिचान हुन सकेको छैन । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया