राष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो हो : प्रम ओली

काठमाडौ, ३१ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादका विषयमा भारतसँग वार्ता अघि बढ्ने बताएका छन् । संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयक पास भएपछि बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले भारतसँग वार्ता अगाडि बढाइने बताएका हुन् ।

भारतद्वारा अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन विधेयक संघीय संसदबाट पास भएपछि वार्ताको कामलाई अगाडि बढाइने प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिएका हुन् ।प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो भएको उल्लेख गर्दै अब चाँडै भारतसँग वार्ता गर्ने बताएका हुन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते शनिवार
प्रतिक्रिया