चार जिल्लामा लकडाउन यथावत रहने

काठमाडौ, ३१ जेठ ।

सरकारले बन्दाबन्दीलाई खुकुलो पारे पनि चार जिल्लामा भने बन्दाबन्दी यथावत् रहने भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार दुई सयभन्दा बढीमा कोरोना संक्रमण भएको जिल्लामा बन्दाबन्दी गर्ने भनिएको छ । यसै अनुसार सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखमा बन्दाबन्दी खुकुलो हुने छैन ।

यी चारवटै जिल्लामा संक्रमण संख्या दुईसय भन्दा बढी छ । सर्लाहीमा चार सय ७१, रौतहटमा ६ सय १७, कपिलवस्तुमा तीन सय ५३, र दैलेखमा चार सय ४३ जना संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा अर्को मापदण्ड जारी नहुन्जेल बन्दाबन्दी पहिलेकै अवस्थामा लागू हुने बताए । झण्डै तीन महिनापछि बन्दाबन्दीलाई पहिलो चरणमा खुकुलो गरिएसँगै मन्त्रालयले संक्रमण जोखिमलाई लक्षित गर्दै नयाँ मापदण्ड जारी गरेको हो ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते शनिवार
प्रतिक्रिया