नेपालमा कोरोना संक्रमित हुनेको संख्या पाँच हजार नाघ्यो

काठमाडौ, ३० जेठ ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ । शुक्रवार ४४८ जना थपिएसंगै संक्रमित हुनेको संख्या पाँच हजार ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमा चार हजार सात सय नौ जना पुरुष र तीन सय ५३ जना महिला रहेका छन् ।

विराटनगर अस्पतामा गरिएको परीक्षणमा नौ जना, शिक्षण अस्पतालमा गरीएको परीक्षणमा १० जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा आठ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ जना, कोशी अस्पतालमा भएको परीक्षणमा १७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा ३७ जना र भेरी अञ्चल अस्पताल प्रयोगशालामा १६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ३२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३, धुलिखेल अस्पतालमा आठ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा आठ जना, प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा ८३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २४ जनामा पोजेटिभ दखिएको छ ।यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक सय ४१ जनाको पोजेटिभ आएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३० गते शुक्रवार
प्रतिक्रिया