तुलसीपुरको एक मेडिकलमा आगलागी

फाईल फोटो,

तुलसीपुर, २९ जेठ ।

तुलसीपुरको एक मेडिकलमा आगलागी भएको छ । तुलसीपुर ग लाईन स्थित तुलसीपुर उपमहानगरपालिका कार्यालय गेट देखी पश्चिम तर्फ रहेको पाल्पाली मेडिकल हलको जेनेरेटरमा आगलागी भएको प्रहरीले बताएको छ । विहिवार बेलुली पाँच बजेतिर आगलागी भएको हो । मेडिकलको जेनेरेटरमा एक्कासी आगलागी भएको र प्रारम्भिक सुचना अनुसार अन्य ठाउँमा क्षति नभएको प्रहरीले बताएको छ । आगलागीको कारण भने खुल्न बाँकी छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते बिहिवार
प्रतिक्रिया