दंगीशरणमा नागरीक फर्कदै, वेड संख्या थपिदै

दिप्तीशिखा चौधरी,
दंगीशरण,२९ जेठ
बाहिरबाट आउँने नागरीकहरुको संख्या बढ्न थालेपछि दंगीशरण गाउापालिकाले क्वारेन्टाईनमा वेड संख्या बढाएको छ । पालिकामा दुई वटै क्वारे्न्टाईनमा नागरीकहरुलाई राख्ने ठाउँ अपुग भएपछि ६५ वेडको क्वारेनटाईन निमार्ण गर्नु परेको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए ।

अहिले विरेन्द्र मा.वि र सिद्ध जनता पृथ्वी मा.वि को क्वारेन्टाईनमा १५ वेड थप गरेर ६५ वेडको क्वारेनटाईन निर्माण गरिएको हो । अहिले दुई क्वारेनटाईनमा १ सय ३० वटा वेड रहेका छन् । अहिले सम्म पालीकाले क्वारेन्टाईनमा बस्नेहरुका लागि खाने , बस्ने राम्रो ब्यवस्था गरेको जनाएको छ ।

यसैबिच विरेन्द्र मा.विको क्वारेनटाईनमा अहिले ४० जना नागरीकहरु रहेका छन् भने सिद्ध पृथ्वी जनता मा.विमा ४६ जना गरि ८६ जना क्वारेनटाईरमा रहेको स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले जानकारी दिएका छन् । हाल सम्म क्वारेनटाईनमा २ सय १४ जना भर्ना भएका छन् भने १ सय २८ जना परिक्षण पछि घर फर्किसकेको स्वास्थ्य शाखा प्रमुख गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते बिहिवार
प्रतिक्रिया