तुलसीपुरको क्वारेन्टाईनबाट एक महिला सहित दुई जनालाई घर पठाईयो

फोटो फाईल

तुलसीपुर, २९ जेठ ।

तुलसीपुरको एक क्वारेन्टिनबाट भागेकी एक महिला सहित दुई जनालाई घर पठाईएको छ । तुलसीपुर उपमहागनरपालिका वडा नं. ८ अश्वारा माध्यामिक विद्यालयको क्वारेन्टि राखेकी महिला बुधबारराति भागेकी ती महिलालाई सम्पर्कमा ल्याएर उनका श्रीमान् समेतलाई घर पठाईएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिएका छन् ।

सल्यान घर भएकी ति महिला केही समय पहिले भारतबाट आई श्रीमान संग क्वोन्टाईनमा बस्दै आएकी थिईन् । गएको जेठ १९ गतेदेखि क्वारेन्टाईनमा श्रीमान र श्रीमति वस्दै आएका थिए । अहिले श्रीमान र श्रीमतीको आरडिटी रिपोर्ट नेगेटिभ आएको र विहिवार डिस्चार्ज गरिएको उनले बताएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते बिहिवार
प्रतिक्रिया